बुटवलमा कोरोना संक्रमणबाट थप एक बृद्धको मृत्यु
बुटवल, मंसिर ४ : कोरोना भाइरसको संक्रमणबाट बुटवलमा थप एक बृद्धको मृत्यु भएको छ।रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा गुल्मीको सत्यवती–६ का ६२ वर्षीय...
बुटवल, मंसिर ४ : कोरोना भाइरसको संक्रमणबाट बुटवलमा थप एक बृद्धको मृत्यु भएको छ।
रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा गुल्मीको सत्यवती–६ का ६२ वर्षीय बृद्धको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए।
उनलाई कात्तिक २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसयता उनी अस्पतालमा उपचाररत थिए। उनको गएराति १२ः४५ बजे मृत्यु भएको डा. गौतमले बताए।
उनलाई श्वसाप्रश्वासमा समस्या रहेको थियो। योसँगै निमोनिया पनि देखिएको अस्पतालले जनाएको छ।
योसँगै लुम्बिनी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई सय ४९ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
प्रकाशित मिति: १५:१५ बजे, बिहीबार, मंसिर ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











