Kathmandu Press

इटाली र बेल्जियम नेसन्स लिगको फाईनल चरणमा प्रवेश

काठमाडौं, मंसिर ४ : इटाली र बेल्जियम युरोपियन नेसन्स लिग फुटबलको फाईनल चरणमा प्रवेश गरेका छन् ।लिग ‘ए’ अन्तर्गत गएराति भएका खेलहरु जित्दै...
इटाली र बेल्जियम नेसन्स लिगको फाईनल चरणमा प्रवेश

काठमाडौं, मंसिर ४ : इटाली र बेल्जियम युरोपियन नेसन्स लिग फुटबलको फाईनल चरणमा प्रवेश गरेका छन् ।

लिग ‘ए’ अन्तर्गत गएराति भएका खेलहरु जित्दै आ आफ्नो समूह विजेताको रुपमा दुई टोलीले फाइनल चरणमा स्थान पक्का बनाएका हुन् । अर्को वर्ष हुने फाइनल चरणमा इटाली र बेल्जियमसँगै फ्रान्स र स्पेनले प्रतिस्पर्धा गर्नेछन् ।

समूह एक को खेलमा इटालीले बोस्निया हर्जगोभिनालाई २–० ले हरायो । यही समूहको अर्को खेलमा नेदरल्याण्ड्सले पोल्याण्डलाई २–१ ले हराएपनि फाइनल चरणमा पुग्न सकेन । समूहमा ६ खेलबाट इटालीको १२ अंक भयो भने नेदरल्याण्ड्सको ११ अंक मात्रै भयो ।

उता समूह दुईको खेलमा डेनमार्कलाई ४–२ ले हराउँदै बेल्जियम फाइनल चरणमा पुग्यो । आईसल्याण्डमाथि ४–० को जित निकालेको इंग्ल्याण्ड भने समूहमै रोकियो ।

यो समूहमा ६ खेलबाट बेल्जियमले १५ अंक जोड्दा डेनमार्क र इंग्ल्याण्डको १०–१० अंक रह्यो । यो समूहबाट आईसल्याण्ड तथा समूह एकबाट बोस्निया रेलिगेशनमा परे । 

प्रकाशित मिति: १४:०५ बजे, बिहीबार, मंसिर ४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्