Kathmandu Press

कोरोना संक्रमणबाट एकैदिनमा करिब ११ हजारको मृत्यु 

कोरोना संक्रमणबाट एकैदिनमा करिब ११ हजारको मृत्यु 

काठमाडौं, मंसिर ४ : कोरोना भाइरसको संक्रमणले विश्वभरमा एकैदिन करिब ११ हजारले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा १० हजार ९ सय ६९ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएको वर्ल्डोमिटर्सले जनाएको छ ।

एकैदिन मृत्यु भएका संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च हो । यसअघि हिजो १० हजार ५३६ जनाको मृत्यु भएको थियो । एकैदिन मृतकको संख्यामा सर्वाधिक वृद्धि भएसँगै विश्वभर कोरोनाले ज्यान गुमाउनेको संख्या १३ लाख ५४ हजार ५५२ पुगेको छ ।

Hardik ivf

 यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ६ लाख ५ हजार ६९ संक्रमित थपिएका छन् । यो सँगै विश्वभर संक्रमितको संख्या ५ करोड ६५ लाख ४४ हजार ९०१ पुगेको छ । यसमध्ये ३ करोड ९३ लाख ३५ हजार ६०५ जना संक्रमण मुक्त भएका छन् ।

विश्वभर यो समाचार तयार पार्दासम्म सक्रिय संक्रमितको संख्या १ करोड ५८ लाख ५५ हजार १८ पुगेको छ । उपचार गराइरहेकामध्ये १ लाख १ हजार २१५ जना सिकिस्त रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति: १३:३२ बजे, बिहीबार, मंसिर ४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्