Kathmandu Press

स्नातक तहको परीक्षा तालिका सार्वजनिक

काठमाडौं, मंसिर ४ : त्रिभुवन विश्वविद्यालयले स्नातक तहको परीक्षा तालिका सार्वजनिक गरेको छ ।गएको वैशाखमै हुनुपर्ने परीक्षा कोरोना भाइरसको कारण स्थगित परीक्षा मंसिर २८...
स्नातक तहको परीक्षा तालिका सार्वजनिक

काठमाडौं, मंसिर ४ : त्रिभुवन विश्वविद्यालयले स्नातक तहको परीक्षा तालिका सार्वजनिक गरेको छ ।

गएको वैशाखमै हुनुपर्ने परीक्षा कोरोना भाइरसको कारण स्थगित परीक्षा मंसिर २८ गतेदेखि सुरु गर्ने गरी नयाँ तालिका सार्वजनिक भएको हो ।

वार्षिक प्रणाली अन्तर्गत स्नातक तह चौथो वर्षमा अध्ययन गर्ने विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी परीक्षा लिने र नतिजा प्रकाशन गर्ने विश्वविद्यालयको तयारी थालेको हो ।

विश्वविद्यालयले व्यवस्थापन, शिक्षाशास्त्र सङ्काय र विज्ञान अध्ययन संस्थान अन्तर्गत स्नातक तह चौथो वर्षको परीक्षा तालिका सार्वजनिक गरेको हो ।

चैतअघि नै नतिजा निकाल्ने र पास हुने विद्यार्थी स्नातकोत्तर तहमा भर्ना हुन पाउने विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालयले कोरोना सङ्क्रमित विद्यार्थीको परीक्षा अरु विद्यार्थीको तुलनामा १५ मिनेटपछि सुरु गर्ने र अरु विद्यार्थीको परीक्षा सकिएको १५ मिनेटपछि सक्नेगरी तयारी गरेको छ । 
 

प्रकाशित मिति: १३:२३ बजे, बिहीबार, मंसिर ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्