विश्वकप छनोट : अर्जेन्टिनाले पेरु र ब्राजिलले उरुग्वेलाई हरायो
काठमाडौं, मंसिर ४ : सन् २०२२ मा कतारमा हुने विश्वकपका लागि दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले पेरुलाई २-० गोल अन्तरले पाखा लगाएको छ ।पेरुमा...
काठमाडौं, मंसिर ४ : सन् २०२२ मा कतारमा हुने विश्वकपका लागि दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले पेरुलाई २-० गोल अन्तरले पाखा लगाएको छ ।
पेरुमा भएको खेलमा अर्जेन्टिनाले पहिलो हाफमै २ गोल गरेको हो । अर्जेन्टिनाका निकोलास गोन्जालेसले खेलको १७ औं मिनेटमा र लाउटरो मार्टिनेजले २८ औं मिनेटमा गोल गरे ।
जितपछि अर्जेन्टिना ४ खेलमा १० अंकसहित तालिकाको दोस्रो स्थानमा छ । पेरु १ अंक सहित नवौं स्थानमा छ ।
त्यस्तै अपराजित ब्राजिलले उरुग्वेलाई २-० गोलले हराएको छ । ब्राजिलले पनि पहिलो हाफमै २ गोल गरेको थियो । ३४ औं मिनेटमा आर्थर र ४५ औं मिनेटमा रिचर्डलिसनले गोल गरेका हुन् ।
प्रकाशित मिति: १२:३८ बजे, बिहीबार, मंसिर ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











