Kathmandu Press

भारतमा थपिए ४५ हजार कोरोना संक्रमित 

काठमाडौ, मंसिर ४ : भारतमा कोरोना संक्रमितको संख्या ८९ लाख नाघेको छ ।पछिल्ला केही सातायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा...
भारतमा थपिए ४५ हजार कोरोना संक्रमित 

काठमाडौ, मंसिर ४ : भारतमा कोरोना संक्रमितको संख्या ८९ लाख नाघेको छ ।

पछिल्ला केही सातायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ४५ हजारभन्दा बढी संक्रमित थपिएका हुन् । थप ४५ हजार ४३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८९ लाख ५८ हजार १४३ पुगेको छ ।

Hardik ivf

संक्रमितमध्ये अहिलेसम्म ८३ लाख ८१ हजार ७७० जना संक्रमणमुक्त भएका छन् । यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ३१ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ५८७ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ३१ हजार ६१८ पुगेको छ ।

प्रकाशित मिति: १२:३२ बजे, बिहीबार, मंसिर ४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्