Kathmandu Press

असफलता र भ्रष्टाचारबारे पार्टीभित्रै आरोप लागेपछि ओलीलाई हटाउनैपर्छ : बाबुराम भट्टराई 

काठमाडौं, मंसिर ३ : समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पार्टीभित्रैबाट सरकारको असफलता र...
असफलता र भ्रष्टाचारबारे पार्टीभित्रै आरोप लागेपछि ओलीलाई हटाउनैपर्छ : बाबुराम भट्टराई 
डा. बाबुराम भट्टराई।

काठमाडौं, मंसिर ३ : समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पार्टीभित्रैबाट सरकारको असफलता र भ्रष्टाचारबारे लिखित आरोप लागिसकेपछि हटाउनु पर्ने बताएका छन्। 

बुधबार ट्वीटरमा ट्वीट गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले भनेका छन्,‘ओली सरकारको असफलता÷भ्रष्टाचारवारे उनकै पार्टीले समेत लिखित आरोप लगाइसकेपछि उनलाई हटाउनैपर्छ।’ यसअघि सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली सरकार असफल र भ्रष्टाचारमा चुर्लुम्म डुबेकाले निरन्तरता दिनु देश तथा पार्टीका लागि हितकर नभएको आरोपसहितको राजनीतिक प्रतिवेदन सचिवालय बैठकमा पेश गरेका थिए। 

प्रचण्डले लगाएको आरोपप्रति संकेत गर्दै डा. भट्टराईले  ओलीलाई हटाउनु पर्ने बताएका हुन्। उनले राष्ट्रपति र विदेशी कूटनीतिज्ञले पार्टीगत कुरामा हस्तक्षेप गर्न नमिल्ने पनि बताएका छन्।

ट्वीटरमा भट्टराईले भनेका छन्,‘ नेकपाको झगडा कसरी टुंग्याउने भन्ने उसको कुरा होला तर यी राज्य/जनताका मुद्दा प्रतिपक्षी दल/जनताले उठाउनैपर्छ है  १.राष्ट्रपति र विदेशी कूटनीतिज्ञले पार्टीगत कुरामा हस्तक्षेप गर्न मिल्दैन। २. ओली सरकारको असफलतारभ्रष्टाचारवारे उनकै पार्टीले समेत लिखित आरोप लगाइसकेपछि उनलाई हटाउनैपर्छ।’ 

 

प्रकाशित मिति: २३:२५ बजे, बुधबार, मंसिर ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्