Kathmandu Press

काठमाडौं उपत्यकामा थपिए १०९८ जना कोरोना संक्रमित

काठमाडौं,  मंसिर ३ : काठमाडौं उपत्यकामा थप १०९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार गरिएको परीक्षणमा काठमाडौंमा उपत्यकामा थप १०९८ जनामा कोरोना...
काठमाडौं उपत्यकामा थपिए १०९८ जना कोरोना संक्रमित
फाइल तस्वीर।

काठमाडौं,  मंसिर ३ : काठमाडौं उपत्यकामा थप १०९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

बुधबार गरिएको परीक्षणमा काठमाडौंमा उपत्यकामा थप १०९८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार काठमाडौंमा ८८२, भक्तपुरमा ४८ र ललितपुरमा १६८ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। 

यस्तै, नेपालमा थप १४४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै कोरोना संक्रमितको संख्या २ लाख १२ हजार ९१७  पुगेको छ भने अहिलेसम्म १ लाख ८२ हजार ७८० जना संक्रमणमुक्त भएका छन्।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १२५९ पुगेको छ। 

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबारमात्रै ३५३८ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।
 

प्रकाशित मिति: २२:१५ बजे, बुधबार, मंसिर ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्