Kathmandu Press

ट्रम्पद्वारा निर्वाचन सुरक्षा प्रमुख बर्खास्त

वासिङ्टन, मंसिर ३ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै भएको राष्ट्रपतीय निर्वाचनका सुरक्षा प्रमुखलाई बर्खास्त गरेका छन्।उनको कार्यकालमा जिम्मेवारी पाएका मध्ये अत्यन्त धेरै...
ट्रम्पद्वारा निर्वाचन सुरक्षा प्रमुख बर्खास्त

वासिङ्टन, मंसिर ३ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै भएको राष्ट्रपतीय निर्वाचनका सुरक्षा प्रमुखलाई बर्खास्त गरेका छन्।

उनको कार्यकालमा जिम्मेवारी पाएका मध्ये अत्यन्त धेरै सम्मान गरिने व्यक्तिका रुपमा रहेका क्रिस्टोफर क्रेब्ससलाई उनले बर्खास्त गरेका हुन्।

हालैको राष्ट्रपतीय निर्वाचनमा धाँधली भएको कुनै ठोस प्रमाण नपाइएको भन्दै राष्ट्रपति ट्रम्पको खुलेर आलोचना गरेकै कारण ट्रम्पले क्रिस्टोफरलाई बर्खास्त गरेका हुन्।

Hardik ivf

राष्ट्रपति ट्रम्पले यही नोभेम्बर ३ तारिखका दिन भएको निर्वाचनका क्रममा धेरै ठाउँमा धाँधली भएको र आफूलाई पराजित भनिएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन्।

उनले अहिलेसम्म पनि आफू पराजित भएको र आफ्ना प्रतिस्पर्धी जो बाइडेन निर्वाचित भएको घोषणालाई अस्वीकार गर्दै आएका छन्।

उनले कतिपय ठाउँमा धाँधली भएको भन्दै उजुरी समेत दिएका छन्। ती उजुरीहरुलाई न्यायधीशहरुले खारेज गरिदिएका छन्। 

राष्ट्रपति ट्रम्पले निर्वाचनमा धाँधली भएको दावी गरेपनि कुनै आधार र प्रमाणहरु भने नदिएको भन्दै उनीहरुले उजुरी खारेज गरिदिएका हुन्।

बर्खास्त गरिएका क्रिस्टोफर अमेरिकाको विद्युतीय सुरक्षा र भौतिक सुरक्षा निकायका निर्देशक थिए। उनको बर्खास्तीलाई लिएर अमेरिकामा आश्चर्य प्रकट गरिएको छैन।

निर्वाचनमा पराजित भएदेखि नै राष्ट्रपति ट्रम्पले उनीप्रति असन्तुष्टि र आक्रोश व्यक्त गर्दै आएका थिए। उनले क्रिस्टोफरलाई सुरु देखि नै लक्षित गरेका थिए।

राष्ट्रपति ट्रम्पले यसअघि पनि आफ्नो कार्यकाल भरीमा दर्जनौं उच्च पदाधिकारीहरुलाई बर्खास्त गरेका थिए।

प्रकाशित मिति: २१:५९ बजे, बुधबार, मंसिर ३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्