झापामा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु
काठमाडौं, मंसिर ३ : झापामा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्।पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको विर्तामोडमा...काठमाडौं, मंसिर ३ : झापामा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको विर्तामोडमा भएको मोटरसाइकल दुर्घटनामा मे २ प ४८४७ नम्बरको मोटरसाइकलमा सवार बुद्धशान्ति गाउँपालिका–३ का ११ वर्षीय दिप्सन कँडेल रर अर्का मृतकको परिचय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए।
उनका अनुसार मोटरसाइकलमा पछाडि बस्ने सोही वडाकी ३९ वर्षीया सावित्रा कँडेल र ३१०२०४२ प ७९८२ नम्बरको ‘अनटेस्ट’ लेखिएको अर्को मोटरसाइकलका चालक अर्जुनधारा नगरपालिका–११ बस्ने २२ वर्षीय गगन तामाङ घाइतेभ भएका छन्। उनीहरु दुवै जनाको विर्तामोडमा रहेको बिएण्डसी हस्पिटलमा उपचार भइरहेको छ।
सुरुमा पश्चिमबाट पूर्व आउँदै गरेको मे २ प ४८४७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको ३१०२०४२ प ७९८२ नम्बरको ‘अनटेस्ट’ लेखिएको मोटरसाइकलमा एकापसमा ठक्कर खाई अनियन्त्रित भई पल्टिएका थिए। सोही समयमा पश्चिमबाट आइरहेको ना ६ ख ३३५० नम्बरको ट्रकले उक्त मोटरसाइकललाई ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रवक्ता थापाले बताए।
ट्रक चालक फरार रहेका छन् भने ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ।











