बुटवलमा रोल्पाकी कोरोना संक्रमित महिलाको मृत्यु
काठमाडौं, मंसिर ३ : बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ। रोल्पाकी ७७ वर्षीया वृद्धाको बुधबार बिहान मृत्यु भएको...
काठमाडौं, मंसिर ३ : बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ।
रोल्पाकी ७७ वर्षीया वृद्धाको बुधबार बिहान मृत्यु भएको हो। अस्पताल भर्ना हुनुअघि उनमा ज्वरो, दम, मधुमेह र श्वासप्रश्वाससम्बन्धी समस्या रहेको अस्पतालले जनाएको छ।
कात्तिक १६ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी कोरोना विशेष अस्पताल भर्ना भएकी थिइन्।
प्रकाशित मिति: १९:२६ बजे, बुधबार, मंसिर ३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











