बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु
काठमाडौं, मंसिर ३ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ। बालुवाटारमा तोकिएको समयमै बैठक सुरु भएको हो।कार्यकारी अध्यक्ष पुष्पकमल...
काठमाडौं, मंसिर ३ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ। बालुवाटारमा तोकिएको समयमै बैठक सुरु भएको हो।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने १५ मिनेट अगाडि नै बालुवाटार पुगेका थिए। अन्य नेताहरु भने तोकिएको समय दिउँसो १ बजे पुगेका हुन्।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीको पनि सहभागिता रहेको छ।
अन्तिम समयसम्म आजको बैठक सार्न खोजेका प्रधानमन्त्री समक्ष बहुमत सचिवालय सदस्यले बैठक गर्नुपर्ने अडान लिएपछि उनी बैठकका लागि तयार भएका हुन्।

यसअघि कात्तिक २८ गते बसेको सचिवालय बैठकले स्थायी कमिटीको निर्णय कार्यान्वयन र पार्टीको आन्तरिक मामलामा देखिएको समस्यामा छलफल हुने एजेण्डा तय गरेको थियो।
सचिवालय बैठकमा सहभागी हुनुअघि प्रधानमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका थिए।
प्रकाशित मिति: १९:१६ बजे, बुधबार, मंसिर ३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











