Kathmandu Press

मन्त्रिपरिषद् बैठक २ बजे सारियो, सचिवालय बैठक १ बजे नै बस्ने

काठमाडौं, मंसिर ३ : नेकपा सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमै बस्ने भएपछि मन्त्रिपरिषद् बैठक एक घन्टा सारिएको छ।बालुवाटार स्रोतका अनुसार आज दिउसो १...
मन्त्रिपरिषद् बैठक २ बजे सारियो, सचिवालय बैठक १ बजे नै बस्ने

काठमाडौं, मंसिर ३ : नेकपा सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमै बस्ने भएपछि मन्त्रिपरिषद् बैठक एक घन्टा सारिएको छ।

बालुवाटार स्रोतका अनुसार आज दिउसो १ बजे बोलाएको मन्त्रिपरिषद् बैठक दिउसो २ बजे सारिएको छ। नेकपा सचिवालय बैठकसँग जुध्दा गलत सन्देश जाने जनाउँदै एक घन्टा सारिएको हो।

नेकपा सचिवालय बैठक भने दिउसो १ बजे बालुवाटारमै बस्ने भएको छ। नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले दिउसो १ बजे नै बैठक बस्ने बताएका छन्। उनले ट्वीट गर्दै बैठक तोकिएको समयमै बस्ने बताएका हुन्।

कात्तिक २८ गतेको सचिवालय बैठकमा प्रस्तुत भएका प्रस्ताव तथा पत्रमाथि आज छलफल गर्ने तय भएको छ।

 

प्रकाशित मिति: १७:१६ बजे, बुधबार, मंसिर ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्