Kathmandu Press

राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली शितल निवासमा

काठमाडौं, मंसिर ३ : राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शितल निवास पुगेका छन्।आज दिउसो मन्त्रिपरिषद् बैठक र नेकपा सचिवालय बैठक...
राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली शितल निवासमा

काठमाडौं, मंसिर ३ : राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शितल निवास पुगेका छन्।

आज दिउसो मन्त्रिपरिषद् बैठक र नेकपा सचिवालय बैठक बस्न लागेको छ। बैठक अघि प्रधानमन्त्री ओली शितल निवास पुगेका हुन्। उनी गएराति पनि राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका थिए।

नेकपामा विवाद बढेपछि राष्ट्रपति भण्डारीको सक्रियता बढेको छ। उनले गएराति प्रधानमन्त्री ओलीसँग भेट गरेकी थिइन्। त्यस्तै, त्यसअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेकी थिइन्।

कात्तिक २८ गते बसेको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीविरुद्ध राजनीतिक प्रतिवेदन पेश गरेका थिए। त्यसपछि प्रतिवेदनमाथि छलफल गर्न आज दिउसो १ बजे सचिवलाय बैठक तय गरिएको थियो।

प्रधानमन्त्री ओलीले पनि आजै मन्त्रपरिषद् बैठक बाेलाएका छन्। उनले दिउसाे २ बजे मन्त्रिपरिषद् बैठक बाेलाएका छन्। म‌गलबार राति मन्त्रीहरुलाई दिउसाे १ बजे बैठक बाेलाएकाे जानकारी दिएका थिए। तर नेकपा सचिवालय बैठकसँग जुध्ने भएपछि एक घन्टा सारेका हुन्।

यहि विवादबीच प्रधानमन्त्री ओली आज बिहान शितल निवास पुगेका हुन्। राष्ट्रपति र प्रधानमन्त्री ओलीबीच समसामियक राजनीतिक विषयमा कुराकानी भएको जनाएको छ।

प्रकाशित मिति: १६:५३ बजे, बुधबार, मंसिर ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्