बाँकेमा उपचाररत दाङका कोरोना संक्रमित वृद्धको मृत्यु
नेपालगन्ज, मंसिर ३ : कोरोना भाइरसको संक्रमणबाट बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा एक जना बृद्धको मृत्यु भएको छ।दाङको घोराही उपमहानगरपालिका–१७ का ७९ वर्षीय बृद्धको...
नेपालगन्ज, मंसिर ३ : कोरोना भाइरसको संक्रमणबाट बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा एक जना वृद्धको मृत्यु भएको छ।
दाङको घोराही उपमहानगरपालिका–१७ का ७९ वर्षीय बृद्धको बुधबार बिहान २ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले बताए। उनको उपचारका क्रममा कोहलपुर शिक्षण अस्पतालमा मृत्यु भएको हो।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको पिसीआर जाँचमा कात्तिक २१ गते कोरोना पुष्टि भएको थियो। कोरोना पुष्टि भएपश्चात उनी होमआइसोलेसनमा बसेको थिए।
स्वास्थ्यमा समस्या देखिएपछि मंसिर २ गते राति शिक्षण अस्पताल कोहलपुरको कोभिड वार्डमा भर्ना गरिएको थियो।
उपचारका क्रममा अक्सिजन, फेसमास्क, एन्टिबायोटिक्स, भेन्टिलेटरलगायतका सम्पूर्ण विधि अपनाउँदा पनि स्वास्थ्यमा सुधार नआएको अस्पतालले जनाएको छ।
योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७७ पुगेको छ। जसमा बाहिरी जिल्लाबाट कोरोनाको उपचारको क्रममा आएका ४० र बाँकेकै ३७ जना रहेका छन्।











