ललितपुरमा कोरोना संक्रमणबाट बृद्धाको मृत्यु
ललितपुर, मंसिर ३ : कोरोना भाइरसको संक्रमणबाट ललितपुरमा एक जना बृद्धाको मृत्यु भएको छ।ललितपुरको महालक्ष्मीस्थानकी ७० वर्षीया बृद्धाको ग्वार्कोस्थित किस्ट अस्पतालमा आज बिहान...
ललितपुर, मंसिर ३ : कोरोना भाइरसको संक्रमणबाट ललितपुरमा एक जना बृद्धाको मृत्यु भएको छ।
ललितपुरको महालक्ष्मीस्थानकी ७० वर्षीया बृद्धाको ग्वार्कोस्थित किस्ट अस्पतालमा आज बिहान मृत्यु भएको हो। उनको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई कात्तिक २७ गते अस्पताल भर्ना गरिएको थियो। उपचारका क्रममा स्वाब परीक्षण गर्दा त्यहि दिन कोरोना संक्रमण पुष्टि भएको थियो।
त्यसयता उनलाई आईसीयूमा राखेर उपचार भइरहेको थियो। उपचारका क्रममा आज बिहान २ बजे ममृत्यु भएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले बताए। उनलाई दमसँगै श्वासप्रश्वासमा समस्या रहेको जनाएको छ।
प्रकाशित मिति: १५:४२ बजे, बुधबार, मंसिर ३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











