Kathmandu Press

नेकपा विवादमा चिनियाँ राजदूत यान्छीको सक्रियता, मध्यरातमा प्रधानमन्त्रीसँग भेटवार्ता

काठमाडौं, मंसिर ३ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा देखिएको विवादलाई साम्य पार्नका लागि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको सक्रियता पुनः बढाएकी छिन्...
नेकपा विवादमा चिनियाँ राजदूत यान्छीको सक्रियता, मध्यरातमा प्रधानमन्त्रीसँग भेटवार्ता

काठमाडौं, मंसिर ३ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा देखिएको विवादलाई साम्य पार्नका लागि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले  पुनः सक्रियता बढाएकी छिन् ।

नेकपा विवाद छताछुल्ल भएर उत्कर्षमा पुगेका बेला नेपालस्थित चिनीयाँ राजदूत होउ यान्छीले विगतमा झैँ पुन: सक्रियता बढाएकी हुन् । यान्छीले गएराती (मंगलबार)  प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छन् ।

करिब दुई घण्टा यान्छीले ओलीसँग भेटवार्ता गरेकी थिईन् । ओलीले राजदुत यान्छीसँग छलफल गरिसकेपछि राती नै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका थिए । भेटमा यान्छीले विवाद मिलाएर अघि बढ्न सुझाव दिएको बुझिएको छ ।

स्रोतका अनुसार चिनियाँ राजदूतले मंगलबारै राष्टपति विद्यादेवी भण्डारीलाई पनि भेट गरेकी थिईन । यसअघि असार र बैशाखमा पनि नेकपा विवाद उत्कर्षमा पुगेका बेला चिनियाँ राजदूत यान्छी सक्रिय भएपछि केहि समयका लागि नेकपाको विवाद सुल्झेको थियो । 

प्रकाशित मिति: १४:१३ बजे, बुधबार, मंसिर ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्