दिल्लीमा पुन: लकडाउनको तयारी
काठमाडौं, मंसिर ३ : कोभिड १९ संक्रमितको संख्या बढेपछि दिल्लीमा पुनः लकडाउन गर्ने मुख्यमन्त्री अरविन्द केजरीवालले बताएका छन् ।उनका अनुसार केन्द्रीय सरकारसँग उनीहरुले...
काठमाडौं, मंसिर ३ : कोभिड १९ संक्रमितको संख्या बढेपछि दिल्लीमा पुनः लकडाउन गर्ने मुख्यमन्त्री अरविन्द केजरीवालले बताएका छन् ।
उनका अनुसार केन्द्रीय सरकारसँग उनीहरुले लकडाउन गर्न अनुमति दिन अनुरोध गरेका छन् । पछिल्लो समय दिल्लीका मुख्य क्षेत्रहरुमा कोरोनाभाइरसको प्रभाव बढ्दै जाँदा र दिल्ली हटस्पट बन्दै जाँदा यो लकडाउन लगाउन केजरीवालले चाहेका हुन् ।
यसका साथ साथै दिल्लीमा अब वैवाहिक कार्यक्रममा पनि ५० जनाभन्दा बढी सहभागी हुन नपाउने भएका छन् । यसअघि दिल्लीमा २ सय जनालाई वैवाहिक कार्यक्रममा उपस्थित हुने अनुमति दिइएको थियो ।
प्रकाशित मिति: १३:०० बजे, बुधबार, मंसिर ३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












