नेसन्स लिगमा जर्मनीको लज्जास्पद हार, फ्रान्सले स्वीडेनलाई हरायो
काठमाडौं, मंसिर ३ : यूईएफए नेसन्स लिग फुटबलमा जर्मनीले लस्जास्पद हार ब्यहोरेको छ । लिग अन्तर्गत समूह ए ४ को अन्तिम खेलमा स्पेनले जर्मनीमाथि...
काठमाडौं, मंसिर ३ : यूईएफए नेसन्स लिग फुटबलमा जर्मनीले लस्जास्पद हार ब्यहोरेको छ । लिग अन्तर्गत समूह ए ४ को अन्तिम खेलमा स्पेनले जर्मनीमाथि ६-० को शानदार जित हात पारेको हो ।
स्पेनको जितमा फेरान टोरेसले ह्याट्रिक गरे । यस्तै रोड्री, मिकेल ओयाराज्बाल र अल्भारो मोराटाले १-१ गोल गरे । जितसँगै स्पेनले यूईएफए नेसन्स लिगको सेमिफाइनलमा स्थान पक्का गरेको छ । स्पेनले ६ खेलमा ११ अंक जोड्यो । दोस्रो स्थानको जर्मनीको ६ खेलमा ९ अंक छ ।
समूह ए ४ कै अर्को खेलमा फ्रान्सले स्वीडेनलाई लाई ४-२ ले पराजित गरेको छ । खेलको पाँचौ मिनेटमा नै स्वीडेनले भिक्टर क्लेसनको गोलमा अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन । ओलिभिएर जीरुडले फ्रान्सका लागि १६औँ मिनेटमा खेल बराबरी गरे । खेलको ३६औँ मिनेटमा फ्रान्सले बेन्जामिन पाभार्डको गोलमा अग्रता बनायो ।
दोस्रो हाफमा मैदान प्रवेश गरेका केलियन एम्बाप्पेले दिएको पासमा जिरुडले ५८ औँ मिनेटमा हेडरमार्फत गोल गर्दै अग्रता दोब्बर पारे । रोबिन क्वेसनले ८८औं मिनेटमा गोल गर्दै स्वीडेनलाई खेलमा फर्कने अवसर सिर्जना गरे । खेलको इन्ज्युरी समयमा किंग्सले कोमनले काउन्टर अट्याकमा ३० यार्ड टाढाबाट सहज गोल गरे ।
जितसँगै फ्रान्सको ६ खेलमा १६ अंक भएको छ । फ्रान्स सेमिफाइनल प्रवेश गरिसकेको छ । स्वीडेन भने रेलिगेसनमा परेको छ ।











