भारतमा ८९ लाखभन्दा बढीमा कोरोना संक्रमण
काठमाडौ, मंसिर ३ : भारतमा कोरोना संक्रमितको संख्या ८९ लाख नाघेको छ ।पछिल्ला केही सातायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा...
काठमाडौ, मंसिर ३ : भारतमा कोरोना संक्रमितको संख्या ८९ लाख नाघेको छ ।
पछिल्ला केही सातायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ३८ हजारभन्दा बढी संक्रमित भएका हुन् । थप ३८ हजार ५३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८९ लाख १२ हजार ७०४ पुगेको छ ।
संक्रमितमध्ये अहिलेसम्म ८३ लाख ३३ हजार १३ जना संक्रमणमुक्त भएका छन् । यस्तै संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ३१ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा थप ४७२ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ३१ हजार ३१ पुगेको छ ।
प्रकाशित मिति: १२:४७ बजे, बुधबार, मंसिर ३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











