दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल बंगलादेशसँग बराबरीमा रोकियो
काठमाडौं, मंसिर २ : दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल बंगलादेशसँग गोलरहित बराबरीमा रोकिएको छ। मंगलबार ढाकास्थित बगबन्धु नेशनल स्टेडियममा भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल घरेलु टोलीसँग...
काठमाडौं, मंसिर २ : दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल बंगलादेशसँग गोलरहित बराबरीमा रोकिएको छ।
मंगलबार ढाकास्थित बगबन्धु नेशनल स्टेडियममा भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल घरेलु टोलीसँग बंगलादेशले गोलरहित बराबरीमा रोकिएको हो।
मंगलबार नेपालले गोलका लागि केही अवसर पाए पनि सदुपयोग भने गर्न सकेन। नेपाल भरत खवासको कप्तानीमा मैदान ओर्लिएको थियो।
तर, १९ औं मिनेटमा भरतको स्थानमा नवयुग श्रेष्ठ मैदान प्रवेश गरेपछि गोलकिपर किरण चेम्जोङले कप्तानीको जिम्मेवारी पाएका थिए।
यसअघि नेपाल शुक्रबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल बंगलादेशसँग २-० गोल अन्तरले पराजित भएको थियो।
प्रकाशित मिति: ०१:०३ बजे, बुधबार, मंसिर ३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











