Kathmandu Press

काठमाडौं उपत्यकामा मंगलबार थपिए ३३९ जना कोरोना संक्रमित

काठमाडौं उपत्यकामा मंगलबार थपिए ३३९ जना कोरोना संक्रमित

काठमाडौं,  मंसिर २  : काठमाडौं उपत्यकामा थप ३३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

मंगलबार गरिएको परीक्षणमा काठमाडौंमा उपत्यकामा थप ३३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार काठमाडौंमा २८९,  भक्तपुरमा १२ र ललितपुरमा ३८ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। 

यस्तै,  नेपालमा थप ५०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै कोरोना संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ भने अहिलेसम्म १ लाख ७९ हजार २४२ जना संक्रमणमुक्त भएका छन्।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १२४७ पुगेको छ। 

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबारमात्रै २८७८ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।
 

प्रकाशित मिति: २२:०४ बजे, मंगलबार, मंसिर २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्