Kathmandu Press

नेपालका लागि रविन्द्रले जिते स्वर्ण

काठमाडौं, मंसिर २ : खेलाडी एवं प्रशिक्षक रविन्द्र मानन्धरले नेपालका लागि स्वर्ण हात पारेका छन्।क्यानडा कराते संघको आयोजनामा नोभेम्बर १५ मा भएको अनलाइन कराँते...
नेपालका लागि रविन्द्रले जिते स्वर्ण

काठमाडौं, मंसिर २ : खेलाडी एवं प्रशिक्षक रविन्द्र मानन्धरले नेपालका लागि स्वर्ण हात पारेका छन्।

क्यानडा कराते संघको आयोजनामा नोभेम्बर १५ मा भएको अनलाइन कराँते प्रतियोगिता सातो कप इन्टरनेशनल २०२० को डिभिजन जिको ४० वर्षमाथिको पुरुष मास्टर्स ब्राउन देखि ब्लाकबेल्ट समूहमा मानन्धरले स्वर्ण जितेका हुन्।

नरहरीपुर डोजो, मच्छेगाउका प्रमुख प्रशिक्षक समेत रहेका मानन्धरले युबिसी सितोरियो सातो हा कराँते क्लबका माईक नाकात्सुलाई फाइनलमा पराजित गरेका थिए। नेपाल सितोरियो कराँते संघकातर्फबाट प्रतिस्पर्धा गरेका उनले २३.५२ अंक जोडेका थिए। पराजित माइकले २२.०६ अंक प्राप्त गरेका थिए।

मानन्धरले १५ दिनअघि मात्र पनि कराँते फिलिपिन्स लिगको आयोजनमा भएको सातौं नासिमुरा कप अनलाइन कराँते च्याम्पियनसिपमा नेपालका लागि स्वर्ण जितेका थिए। प्रतियोगितामा नेपालले ४ स्वर्ण र २ कास्य गरि ६ पदक जितेको छ।

प्रकाशित मिति: २०:२५ बजे, मंगलबार, मंसिर २, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्