Kathmandu Press

प्रधानमन्त्री ओलीको तिब्बतसँगको सीमा निरीक्षण कार्यक्रम स्थगित

ताप्लेजुङ, म‌ंसिर २ : प्रधानमन्त्री केपी शर्मा ओली चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सीमा निरीक्षणसहितको कार्यक्रमका लागि ताप्लेजुङ आउने कार्यक्रम स्थगित भएको छ।मंसिर ५...
प्रधानमन्त्री ओलीको तिब्बतसँगको सीमा निरीक्षण कार्यक्रम स्थगित
प्रधानमन्त्री केपी शर्मा ओली।

ताप्लेजुङ, म‌ंसिर २ : प्रधानमन्त्री केपी शर्मा ओली चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सीमा निरीक्षणसहितको कार्यक्रमका लागि ताप्लेजुङ आउने कार्यक्रम स्थगित भएको छ।

मंसिर ५ गते बिहान प्रधानमन्त्री ओली ताप्लेजुङ आउने ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईँलाई जानकारी आएको थियो। प्रधानमन्त्री ताप्लेजुङ आउने भएपछि सुरक्षाको व्यवस्था र प्रधानमन्त्रीको कार्यक्रममा सहभागिताका लागि जाने क्रममा प्रधानमन्त्रीको सचिवालयबाट मंगलबार ताप्लेजुङको कार्यक्रममा आउने समय स्थगन भएको आफूलाई जानकारी आएको प्रजिअ चापागाईँले बताए।

जिल्लाको उत्तरी क्षेत्र र तिब्बतको सीमा क्षेत्र टिपताला भञ्ज्याङको निरीक्षण तथा फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सामा निर्माण गरिएको स्वास्थ्य एकाइ कार्यालय उद्घाटनको कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली मंसिर ५ गते ताप्लेजुङ आउने तयारी भएको थियो।

यता विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा हिमालको फेदी तथा तीन हजार ५०० मिटरमा अवस्थित घुन्सा गाउँमा प्रधानमन्त्री ओली आउने खबरले खुशीका साथ स्वागतद्वार निर्माण तथा गाउँ सरसफाइ कार्यक्रमस्थल सजावट सबै काम सकेको घुन्सा गाउँका स्थानीय टासीतेन्जी शेर्पाले जानकारी दिए।

प्रधानमन्त्री ओलीसमक्ष घुन्सावासीले घुन्सा गाउँको विकास निर्माण तथा राज्यबाट थप सेवा सुविधाको मागपत्रसमेत तयारी गरिसकेको स्थानीय शेर्पाले जाकारी दिए। रासस

प्रकाशित मिति: १९:४१ बजे, मंगलबार, मंसिर २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्