Kathmandu Press

भारतमा थप २८ हजारमा संक्रमण

काठमाडौ, मंसिर २ : भारतमा कोरोना संक्रमितको संख्या ८८ लाख नाघेको छ ।पछिल्ला केही सातायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा...
भारतमा थप २८ हजारमा संक्रमण

काठमाडौ, मंसिर २ : भारतमा कोरोना संक्रमितको संख्या ८८ लाख नाघेको छ ।

पछिल्ला केही सातायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा २८ हजारभन्दा बढी संक्रमित भएका छन् । थप २८ हजार ३७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८८ लाख ७३ हजार ९९४ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ८२ लाख ८७ हजार ९३० जना संक्रमणमुक्त भएका छन् । यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ३० हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ४४३ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ३० हजार ५५२ पुगेको छ ।

प्रकाशित मिति: १४:१८ बजे, मंगलबार, मंसिर २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्