Kathmandu Press

नेपाल र बंगलादेशको दोस्रो मैत्रीपूर्ण खेल आज

नेपाल र बंगलादेशको दोस्रो मैत्रीपूर्ण खेल आज

काठमाडौ, मंसिर २ : नेपाल र बंगलादेशबीच आज दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल  हुँदैछ । ढाकास्थित बंगबन्धु रंगशालामा हुने खेल नेपाली समयअनुसार अपराह्न ४ः ४५ बजे सुरु हुनेछ ।

‘मुजिब वर्ष फिफा अन्तर्राष्ट्रिय फुटबल सिरिज’ अन्तर्गत रहेको दोस्रो मैत्रीपूर्णमा नेपाल जित निकाल्ने लक्ष्यमा हुनेछ । पहिलो खेलमा पराजित नेपाल दोस्रो खेलमा जित निकाल्दै मैत्रीपूर्ण खेलको सुखद अन्त्य गर्न चाहन्छ । शुक्रबार भएको पहिलो खेलमा नेपाल बंगलादेशसँग २-० ले पराजित भएको थियो ।

नेपाल त्यस हारको बदलासमेत लिने तयारीमा साथ मैदानमा उत्रदै छ । बंगलादेशविरुद्धको दोस्रो खेलमा रजिन धिमाल सुरुवाती ११ रहँदै मैदान उत्रने सम्भावना रहेको छ । कोरोना पोजेटिभ देखिएपछि धिमालले अघिल्लो खेल गुमाएका थिए । धिमाल कोरोना मुक्त भईसकेकाले मैदानमा उत्रन सक्ने बताईएको छ । 

यता, बंगलादेश भने नेपालविरुद्ध लगातार दोस्रो खेलमा जित निकाल्न चाहन्छ । यस्तै बंगलादेश जित निकाल्दै ‘मुजिब वर्ष फिफा अन्तर्राष्ट्रिय फुटबल सिरिज’ को ट्रफी आफैँ राख्न चाहन्छ । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेलिरहेको हो ।

प्रकाशित मिति: १३:४५ बजे, मंगलबार, मंसिर २, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्