Kathmandu Press

नेवार समुदायले आज भाइटीका लगाउँदै  

काठमाडौ, मंसिर २ : नेवार समुदायका केही समूहले आज भाइटीका लगाउँदै छन् । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीका प्रायः नेपालीले...
नेवार समुदायले आज भाइटीका लगाउँदै  

काठमाडौ, मंसिर २ : नेवार समुदायका केही समूहले आज भाइटीका लगाउँदै छन् । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीका प्रायः नेपालीले भने सोमबार नै टिका लगाएर मनाईसकेका छन् ।

आज बिहानको केही समय द्वितीया तिथि रहेकाले नेवार समुदायका केही समूहले भाइटीका लगाउने भएका हुन् । सरकारले भाइटीका (किजापूजा) का लागि आज पनि सार्वजनिक बिदा दिएको छ ।

यमपञ्चकसमेत भनिने तिहारको पाँचौं एवं अन्तिम दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी तथा सप्तरङ्गी टीका लगाएर मनाइन्छ ।

आज बालगोपालेश्वरी मङ्गलबार पनि बिहान ५ः०० बजेदेखि बेलुकी ५ः०० बजेसम्म खुल्ने जनाइएको छ ।

प्रकाशित मिति: १३:२० बजे, मंगलबार, मंसिर २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्