Kathmandu Press

कोरोना संक्रमण दर फेरी उच्च, २४ घण्टामै भेटिए ५ लाख ५३ हजार बढी संक्रमित 

कोरोना संक्रमण दर फेरी उच्च, २४ घण्टामै भेटिए ५ लाख ५३ हजार बढी संक्रमित 

काठमाडौं, मंसिर २ : पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ४ लाख ९१ हजारभन्दा बढी संक्रमित भएका छन् । नयाँ संक्रमित थपिएसँगै विश्वभरका ५ लाख ५३ हजारभन्दा बढी मानिसमा संक्रमण भएको छ ।

संक्रमितमध्ये १३ लाख ३१ हजार ६४३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै ७ हजार २ सयभन्दा बढीको मृत्यु भएको छ । अहिलेसम्म ३ करोड ८४ लाख ६३ हजार ९८२ जना संक्रमणमुक्त भएका छन् ।

Hardik ivf

कोरोना भाइरसको महामारीले सबैभन्दा बढी अमेरिकामा असर देखिएको छ । त्यहाँ १ करोड १५ लाखभन्दा बढीमा संक्रमण भइसकेको छ । अमेरिकामा मात्रै २ लाख ५२ हजारभन्दा बढीको मृत्यु भएको छ ।

यस्तै भारतमा ८८ लाखभन्दा बढीमा संक्रमण भएको छ । भारत विश्वमा धेरै संक्रमित हुने देशको सूचीमा दोस्रो स्थानमा छ । यस्तै धेरै संक्रमित भएको मुलुकको सूचीमा ब्राजिल, फ्रान्स, रसिया, स्पेन क्रमश तेस्रो, चौथो, पाँचौँ र छैठौँ स्थानमा रहृका छन् ।
 

प्रकाशित मिति: १३:१२ बजे, मंगलबार, मंसिर २, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्