Kathmandu Press

११ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

११ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौं, मंसिर १ : सोमबार थप १ हजार १ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ९७ मा कोरोना संक्रमण पुष्टि भएको हो।

योसँगै संक्रमितको संख्या २ लाख १० हजार ९ सय ७३ पुगेको छ । गत २४ घण्टामा ९ जनाको संक्रमणबाट मृत्यु पुष्टि भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार २ सय ३० पुगेको छ। 

पछिल्लो २४ घण्टामा २ हजार ९ सय ३४ जना निको भएका छन्। योसँगै निको हुनेको संख्या एक लाख ७६ हजार ३ सय ६४ रहेको मन्त्रालयले जनाएको
 

प्रकाशित मिति: ०१:०८ बजे, मंगलबार, मंसिर २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्