Kathmandu Press

हङकङको एक नेपाली रेष्टुरेन्टमा आगलागी, सात नेपालीको मृत्यु

काठमाडौं, मंसिर १ : हङकङस्थित नेपालीहरुको बाक्लो वस्ती भएको जोर्डनमा एक नेपाली रेष्टुरेन्टमा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । १३ जना...
हङकङको एक नेपाली रेष्टुरेन्टमा आगलागी, सात नेपालीको मृत्यु

काठमाडौं, मंसिर १ : हङकङस्थित नेपालीहरुको बाक्लो वस्ती भएको जोर्डनमा एक नेपाली रेष्टुरेन्टमा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ। १३ जना घाइते भएका छन्. घाइतेमध्ये सात जनाको अवस्था गम्भीर छ ।

हङकङका मिडियाहरुका अनुसार रेष्टुरेन्टमा आइतबार राति करिब ८ बजेतिर आगलागी भएको थियो। आगलागीमा परेर चार जना पुरुष र तीन जना महिलाको मृत्यु भएको हो।

बालबालिकासहितका केही व्यक्तिहरुलाई उद्धार गरिएको छ। यो नेपालीहरुले लाइसेन्स नलिइकन सन्चालन गरेको रेष्टुरेन्ट भएको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: १४:२४ बजे, सोमबार, मंसिर १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्