Kathmandu Press

महामारीका वाबजुद मुलुक विकास तथा समृद्धिको यात्रामा अघि बढेको छ : प्रधानमन्त्री 

काठमाडौं, मंसिर १ : प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीका वाबजुद मुलुकको विकास तथा समृद्धिको यात्रालाई हामीले अघि बढाइरहेको बताएमा छन् ।भाइटीका र नेपाल...
महामारीका वाबजुद मुलुक विकास तथा समृद्धिको यात्रामा अघि बढेको छ : प्रधानमन्त्री 

काठमाडौं, मंसिर १ : प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीका वाबजुद मुलुकको विकास तथा समृद्धिको यात्रालाई हामीले अघि बढाइरहेको बताएमा छन् ।

भाइटीका र नेपाल सम्वत् ११४१ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले जननिर्मित संविधानको संस्थागत कार्यान्वयन मार्फत् मुलुकलाई विकास र समृद्धिको दिशामा अग्रसर गराईरहेको भन्दै एकता मार्फत् नै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न समर्थ हुने बताए ।

यस्तै ओलीले राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकतावद्ध हुन आह्वान समेत गरेका छन्। उनले बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताायुक्त नेपाली समाज सुदृढ राष्ट्रिय एकताको जगमा उभिएको जनाउँदै विविधतायुक्त मौलिक परम्परा सिंगो राष्ट्रको साझा पूँजीका रुपमा अंकित रहेको उल्लेख गरेका छन् ।

विश्वब्यापी रुपमा फैलिएको कोभिड १९ को महामारीका कारण मानव स्वास्थ्यलाई ध्यानमा राख्दै विशेष सावधानी अपनाएर यसवर्षको तिहार पर्व मनाउन समेत आग्रह गरेका छन् । 

प्रकाशित मिति: १३:४१ बजे, सोमबार, मंसिर १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्