Kathmandu Press

भारतमा कोरोनाबाट १ लाख ३० हजार वढीको मृत्यु 

काठमाडौ, मंसिर १ : भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ३० हजार नाघेको छ ।पछिल्लो २४ घण्टामा थप ४३५ जनाको...
भारतमा कोरोनाबाट १ लाख ३० हजार वढीको मृत्यु 

काठमाडौ, मंसिर १ : भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ३० हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ४३५ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ३० हजार १०९ पुगेको हो । यस्तै भारतमा कोरोना संक्रमितको संख्या ८८ लाख नाघेको छ ।

Hardik ivf

पछिल्ला केही सातायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ३० हजारभन्दा बढी संक्रमित भएका छन् । थप ३० हजार ७१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८८ लाख ४५ हजार ६१७ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ८२ लाख ४७ हजार ९५० जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति: १३:२३ बजे, सोमबार, मंसिर १, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्