Kathmandu Press

बिहारको मुख्यमन्त्रीको रूपमा आज सातौंपटक शपथ लिँदै नीतीश कुमार

काठमाडौं, मंसिर १ : भारतको जनता दल (युनाइटेड) का प्रमुख नीतिश कुमारले आज अपराह्न साढे चार बजे मुख्यमन्त्रीको शपथ लिने भएका छन् ।हालै...
बिहारको मुख्यमन्त्रीको रूपमा आज सातौंपटक शपथ लिँदै नीतीश कुमार

काठमाडौं, मंसिर १ : भारतको जनता दल (युनाइटेड) का प्रमुख नीतिश कुमारले आज अपराह्न साढे चार बजे मुख्यमन्त्रीको शपथ लिने भएका छन् ।

हालै भएको विधानसभा निर्वाचनमा सत्तारुढ भाजपा समेत समावेश राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) ले बहुमत ल्याएसँगै नीतीश कुमारले बिहारको सत्ता सातौंपटक हाँक्न लागेका हुन्।

एनडीएले नीतीशलाई सर्वसम्मत रुपमा विधायक दलको नेता चुनिसकेको छ। विधायक दलका नेताका रुपमा चयन भएपछि उनले बिहारका राज्यपालसँग भेटवार्ता गरेका छन् ।

भेटमा नीतीश कुमारलाई सरकार बनाउन राज्यपालले निमन्त्रणा दिएको बताइएको छ ।
 

प्रकाशित मिति: १५:०० बजे, सोमबार, मंसिर १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्