Kathmandu Press

इथियोपियामा बन्दूकधारी समूहद्वारा बसमा आक्रमण, ३४ को मृत्यु

काठमाडौं, मंसिर १ :  इथियोपियाको पश्चिमी क्षेत्रमा एक यात्रुबाहक बसमा एक बन्दूकधारी ‘आतङ्कवादी’ समूहले आक्रमण गर्दा कम्तीमा ३४ जनाको मृत्यु भएको राष्ट्रिय मानव...
इथियोपियामा बन्दूकधारी समूहद्वारा बसमा आक्रमण, ३४ को मृत्यु

काठमाडौं, मंसिर १ :  इथियोपियाको पश्चिमी क्षेत्रमा एक यात्रुबाहक बसमा एक बन्दूकधारी ‘आतङ्कवादी’ समूहले आक्रमण गर्दा कम्तीमा ३४ जनाको मृत्यु भएको राष्ट्रिय मानव अधिकारवादी समूहल् आइतबार जनाएको छ ।

इथियोपियामा पछिल्ला दिनहरूमा घातक हमलाहरू भएका राष्ट्रिय मानबअधिकारवादी संस्थाले उल्लेख गरेको छ । इथियोपियाली मानव अधिकार आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आक्रमणकारी हमलामा मारिनेको सङ्ख्या ३४ रहेको भेटिएको र अन्य कैयौँ मानिस घाइते भएका छन् ।

आक्रमण स्थानीय समयअनुसार शनिबार साँझ बेनिसाङ्गुल गुमुज क्षेत्रमा भएको थियो ।”

प्रकाशित मिति: १२:१५ बजे, सोमबार, मंसिर १, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्