धरान बिपी कोइराला स्वास्थ्य कोइराला विज्ञान प्रतिष्ठानमा एक कोरोना संक्रमितको मृत्यु
काठमाडौं, कात्तिक ३० : धरानस्थित बिपी कोइराला स्वास्थ्य कोइराला विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा झापाका ८० वर्षीय वृद्धको मृत्यु भएको छ।लामो समयदेखि दीर्घरोगबाट ग्रसित...
काठमाडौं, कात्तिक ३० : धरानस्थित बिपी कोइराला स्वास्थ्य कोइराला विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा झापाका ८० वर्षीय वृद्धको मृत्यु भएको छ।
लामो समयदेखि दीर्घरोगबाट ग्रसित रहेका ती वृद्धको स्वाब परीक्षण गर्दा कोरोना संक्रमित रहेको पाइएपछि कात्तिक २९ गते कोभिड अस्पतालमा भर्ना गरिएको प्रतिष्ठानले जनाएको छ ।
संक्रमितको आज दिउँसो साढे ४ बजे मृत्यु भएको हो। यो सँगै प्रतिष्ठानमा कोभिड संक्रमणको कारण मृत्यु हुनेको संख्या १०४ पुगेको छ। त्यसैगरी, कोभिड संक्रमितको मृत्यु संख्या २२ पुगेको छ।
प्रकाशित मिति: ०३:२५ बजे, सोमबार, मंसिर १, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











