Kathmandu Press

देउखुरीमा ट्रकको ठक्करबाट मृत्यु

काठमाडौं, कात्तिक ३० : दाङको देउखुरीमा ट्रकको ठक्करबाट  एक महिलाको मृत्यु भएको छ ।पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमही–भालुवाङ सडक खण्डको लमही नगरपालिका – १ नर्तीमा...
देउखुरीमा ट्रकको ठक्करबाट मृत्यु

काठमाडौं, कात्तिक ३० : दाङको देउखुरीमा ट्रकको ठक्करबाट  एक महिलाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमही–भालुवाङ सडक खण्डको लमही नगरपालिका – १ नर्तीमा ना ६ ख ४६७ नम्बरको ट्रकको ठक्करबाट आज बिहान अन्दाजी ४० वर्षीया महिलाको मृत्यु भएको हो ।

विराटनगरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ट्रकले ठक्कर दिएपछि गम्भीर घाइते भएकी पहिचान नखुलेकी ती महिलालाई लमही अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता सुमित खड्काले ठक्कर दिएर भागेको  ट्रकलाई लमही –९ रिहारबाट नियन्त्रणमा लिइएको जानकारी दिए।  महिलाको शव भने परीक्षणका लागि लमही अस्पतालमा राखिएको बताइएको छ । 

प्रकाशित मिति: ०३:१६ बजे, सोमबार, मंसिर १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्