Kathmandu Press

आज १४ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा १४ सय ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ६ हजार ४ सय ७६ जनामा परीक्षण गर्दा १४ सय ७७ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । 
आज १४ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, कात्तिक ३० : पछिल्लो २४ घण्टामा १४ सय ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ६ हजार ४ सय ७६ जनामा परीक्षण गर्दा १४ सय ७७ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । 

योसँगै नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २ लाख ९ हजार ७ सय ७६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या  भने २ हजार ७ सय ९८ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको कुल संख्या भने १ लाख ७३ हजार ४३० रहेको छ ।

प्रकाशित मिति: २२:४१ बजे, आइतबार, कात्तिक ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्