Kathmandu Press

जोर बिजोर नियम हटाउन यातायात व्यवसायीको माग

काठमाडौं कात्तिक २९ : सवारी साधन संचालनमा लागु गरिएको जोर विजोर नम्वरका कारण चाडवाडको बेला झनै सामाजिक दुरि कायम हुन सकेको छैन। कोभिड १९...
जोर बिजोर नियम हटाउन यातायात व्यवसायीको माग

काठमाडौं कात्तिक २९ : सवारी साधन संचालनमा लागु गरिएको जोर विजोर नम्वरका कारण चाडवाडको बेला झनै सामाजिक दूरि कायम हुन सकेको छैन। 

कोभिड १९ फैलिने त्रासका कारण गत चैत ११ गतेदेखि  देशभर सार्वजनिक यातायात बन्द गरिएको थियो । ६ महिना लामो समयसम्म बन्द भएपछि असोज १ गतेदेखि जोर विजोर प्रणाली लागु गरी सार्वजनिक यातायात सञ्चालन गरिएको थियो । 

कोभिड १९ को जोखिम बढेपनि सबै व्यवसाय सञ्चालनमा आइसकेकाले मंसिर १ गतेबाट जोर विजोर हट्नुपर्ने यातायात व्यवसायी बताउँछन् । यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यका सरकारले कोभिडको मारमा परेको सार्वजनिक यातायात उकास्न सरकारले कुनै नीति बनाउन नसकेको बताउँछन्। 

‘कोभिडको मारमा परेको सार्वजनिक यातयातलाई  बैंकको किस्ता, पुनकर्जा दिने लगायत व्याजमा छुट दिने भनेपनि त्यो अझैसम्म कार्यान्वयन भएको छैन,’ कर्मचार्यले भने। 

उनका अनुसार मारमा परेको यातयात व्यवशायिहरु जोर विजोर प्रणाली लागु गरेर थप समस्यामा परेका छन्। 

‘सार्वजनिक यातातमा अव जोर विजोर किन ?’, कर्मचार्यले प्रश्न गरे, ‘सबै सहज हुने, अरु व्यवशायलाई कुनै नियम नचाहिने सार्वजनिक यातयातलाई मात्रै जोर विजोर किन लगाउनु पर्यो, यो तत्काल हटाउनु पर्छ ।’

लामो समयसम्म बन्द हुँदा थलिएको यातायात व्यवसायी हाल सम्म उठ्न सकेको छैन।  ‘हालसम्म सवारी साधन चलयमान राख्न मात्रै चलाएका थियौं’, कर्मचार्यले भने, ‘अव जोर विजोर हटाएर व्यवसायीलाई राहत पर्‍याउनु पर्छ ।’ 
 

प्रकाशित मिति: १८:१४ बजे, आइतबार, कात्तिक ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्