Kathmandu Press

नेसन्स लिग : फ्रान्ससँगको हारसँगै बाहिरियो पोर्चुगल, रोकियो स्पेन

काठमाडौं, कात्तिक ३० : युईएफए नेससन्स लिगका पोर्चुगलले पहिलो पराजय बेहोरोको छ । नेसन्स लिगअन्तर्गत शनिबार राति भएको खेलमा डिफेन्डिङ च्याम्पियन पोर्चुगल विश्वविजेता फ्रान्ससँग...
नेसन्स लिग : फ्रान्ससँगको हारसँगै बाहिरियो पोर्चुगल, रोकियो स्पेन

काठमाडौं, कात्तिक ३० : युईएफए नेससन्स लिगका पोर्चुगलले पहिलो पराजय बेहोरोको छ । नेसन्स लिगअन्तर्गत शनिबार राति भएको खेलमा डिफेन्डिङ च्याम्पियन पोर्चुगल विश्वविजेता फ्रान्ससँग १–०ले पराजित भयो ।

यो हारसँगै डिफेन्डिङ च्याम्पियन पोर्चुगल प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको छ । लिग एको समूह ३ मा पहिलो हार बेहोरोको पोर्चुगल ५ खेलमा १० अंकसहित दोस्रो स्थानमा छ । अपराजित फ्रान्स १३ अंकसहित शीर्ष स्थानमा छ । फ्रान्ससँग ३ अंकले पछि परेको पोर्चुगल हेट टु हेडमा पनि पछिरहेपछि प्रतियोगिताबाट बाहिरएको हो ।

यो समूहबाट फ्रान्स फाइलनल्समा प्रवेश गरको छ । दोस्रो स्थानमा रहेको पोर्चुगल लिग एमै रहने छ । समूहको अन्तिम खेलमा फ्रान्सले स्वीडेन तथा पोर्चगलले क्रोएसियासँग खेल्ने छ । लिगको पुछारमा रहेका स्वीडेन र क्रोएसियामध्ये १ टिम रेलिगेशनमा पर्ने छन्। फ्रान्सलाई जित दिलाउन एनगोलो कोन्टेले निर्णाक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५७औं मिनेटमा कोन्टेले गोल गर्दै फ्रान्सलाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसपछि कुनै गोल नहुँदा पोर्चुगल समूह चरणबाटै बाहिरियो। यसैगरी नेससन्स लिगकै अर्को खेलमा स्पेन बराबरीमा रोकिएको छ । कीर्तिमानी खेलमा कप्तान सर्जियो रामोसले पेनाल्टी चुकाउँदा स्पने स्वीट्जरल्यान्डसँग १–१ गोलको बराबरीमा रोकियो । स्पेनबाट १७७औं खेल खेल्दै कीर्तिमान बनाएका रामोसले २ पेनाल्टी मिस गरेपछि स्पेन बराबरीमा रोकियो । उनी स्पेनबाट सर्वाधिक खेल खेल्ने खेलाडी बनेका छन् ।

२६ औं मिनेटमा रिमो फ्रयूलरले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । ५७ औं मिनेटमा स्पेनले बराबरी गर्ने अवसर पायो । तर, रिकार्डो रोड्रिगेजले ह्यान्डबल गरेपछि पाएको पेनाल्टीमा रामोस गोल गर्न चुके । उनको प्रहार घरेलु टोलीका गोलकिपर यान सोमरले बचाए । ७९ औं मिनेटमा निको इल्भेदीले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा स्विट्जरल्यान्ड १० खेलाडीमा समेटियो । अल्भारो मोराटालाई पेनाल्टी क्षेत्रमा लडाएपछि निकोले कार्ड पाएका थिए ।

खेलको ७९ औं मिनेटमा जेर्राड मोरेनोले गोल गर्दै स्पेनलाई हारबाट जोगाए । स्पेनले ८० औं मिनेटमा पुनः पेनाल्टी पाएको थियो । उक्त अवसरमा कप्तान रामोस फेरी गोल गर्न चुके । उनको दोस्रो प्रहार पनि गोलकिपर सोमरले बचाए । बराबरीसँगै लिग ’ए’ समूह ४ मा स्पेन ८ अंकसहित दोस्रो स्थानमा छ । उसको फाइनल्समा पुग्ने सम्भावना बाँकी नै छ । स्विट्जरल्यान्ड ३ अंक जोडेर पुछारमा रहेको छ । यो समूहमा जर्मनी ९ अंकसहित शीर्ष स्थानमा छ । जर्मनीले शनिबार राति नै युक्रेनलाई ३–१ले पराजित गरेको थियो।

प्रकाशित मिति: १४:१५ बजे, आइतबार, कात्तिक ३०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्