Kathmandu Press

ट्रम्प, जो वाइडन र कमला ह्यारिसले दिए दीपावलीको शुभकामना

काठमाडौं, कात्तिक ३० : अमेरिकाका विद्यमान राष्ट्रपति डोनाल्ड ट्रम्प, नवनिर्वाचित राष्ट्रपति जो बाइडेन उपराष्ट्रपति कमला ह्यारिसले दीपावलीको अवसरमा शुभकामना सन्देश व्यक्त गरेका छन् ।अमेरिकी...
ट्रम्प, जो वाइडन र कमला ह्यारिसले दिए दीपावलीको शुभकामना

काठमाडौं, कात्तिक ३० : अमेरिकाका विद्यमान राष्ट्रपति डोनाल्ड ट्रम्प, नवनिर्वाचित राष्ट्रपति जो बाइडेन उपराष्ट्रपति कमला ह्यारिसले दीपावलीको अवसरमा शुभकामना सन्देश व्यक्त गरेका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले दिपवालीका अवसरमा शुभकामना दिँदै अमेरकी राष्ट्रपति भवनमा दीप जलाएर दिपावली समेत गरेका छन् । ट्रम्पले आफूले दीपावली गरिरहेको तस्वीर सामाजिक सञ्जाल ट्वीटरमार्फत सार्वजनिक गरेका छन् ।

Hardik ivf

सामाजिक सञ्जालमा तस्बिर पोष्ट गर्दै राष्ट्रपति ट्रम्पले ‘ह्यापी दिपावली’ भनेका छन् । त्यस्तै नवनिर्वाचित राष्ट्रपति जो वाइडनले पनि दिपावलीको शुभकामना दिएका छन् । उनले ट्वीटमा भनेका छन्, ‘करौडौँ हिन्दू, जैन, शिख र बौद्ध उज्यालोको तिहार मनाइरहेका छन् ।

वाइडन र मेरो तर्फबाट दीपावलीको शुभकामना । तपाईँको नयाँ वर्ष आशा र खुसीले भरपूर होस् । शुभकामना ।’  नवनिर्वाचित अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले पनि ट्वीट गर्दै दीपावलीको शुभकामना दिएकी छिन् । 

प्रकाशित मिति: १४:०३ बजे, आइतबार, कात्तिक ३०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्