Kathmandu Press

भारतमा ८८ लाखभन्दा बढीमा कोरोना संक्रमण

भारतमा ८८ लाखभन्दा बढीमा कोरोना संक्रमण

काठमाडौं, कात्तिक ३० : भारतमा कोरोना संक्रमितको संख्या ८८ लाख नाघेको छ ।

पछिल्ला केही सातायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ४१ हजारभन्दा बढी संक्रमित भएका हुन् । थप ४१ हजार ६५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८८ लाख १४ हजार ९०२ पुगेको छ ।

Hardik ivf

संक्रमितमध्ये अहिलेसम्म ८२ लाख ३ हजार ७३७ जना संक्रमणमुक्त भएका छन् । यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख २९ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ४४९ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख २९ हजार ६७४ पुगेको छ ।

प्रकाशित मिति: १३:४६ बजे, आइतबार, कात्तिक ३०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्