Kathmandu Press

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु

काठमाडौं, कात्तिक २९ : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १३ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको...
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु
फाइल तस्वीर।

काठमाडौं, कात्तिक २९ : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १३ जनाको मृत्यु भएको छ। 

पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२१५ पुगेको छ।

यस्तै,  नेपालमा थप १९४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै कोरोना संक्रमितको संख्या २ लाख ८ हजार २९९ पुगेको छ भने अहिलेसम्म १ लाख ७० हजार ६३२ जना संक्रमणमुक्त भएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार शनिबारमात्रै २५०३ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।
 

प्रकाशित मिति: २३:५७ बजे, शनिबार, कात्तिक २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्