थप १९४६ जनामा कोरोना संक्रमण पुष्टि, २५०३ जना डिस्चार्ज
नेपालमा थप १९४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
काठमाडौं, कात्तिक २९ : नेपालमा थप १९४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शनिबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १९४६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
योसँगै कोरोना संक्रमितको संख्या २ लाख ८ हजार २९९ पुगेको छ भने अहिलेसम्म १ लाख ७० हजार ६३२ जना संक्रमणमुक्त भएका छन्।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १२१५ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार शनिबारमात्रै २५०३ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।
प्रकाशित मिति: २३:५५ बजे, शनिबार, कात्तिक २९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










