प्रधानमन्त्रीले गरे डा. केसीको स्वास्थ्य लाभको कामना, उपचार खर्च सरकारले ब्यहोर्ने
काठमाडौं, कात्तिक २९ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमित डा. गोविन्द केसीको स्वास्थ्य लाभको कामना गरेका छन्। शनिबार ट्वीटरमा ट्वीट गर्दै प्रधानमन्त्री ओलीले...
काठमाडौं, कात्तिक २९ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमित डा. गोविन्द केसीको स्वास्थ्य लाभको कामना गरेका छन्।
शनिबार ट्वीटरमा ट्वीट गर्दै प्रधानमन्त्री ओलीले डा. केसीको स्वास्थ्य लाभको कामना गरेका हुन्। ‘कोरोनाबाट संक्रमित हुनु भएका डा गोविन्द केसीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु,’ प्रधानमन्त्री ओलीले भनेका छन्।
डा. केसी कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबार त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएका छन्। यस्तै, प्रधानमन्त्री ओलीले डा. केसीको उपचारको सम्पूर्ण खर्च सरकारले ब्यहोर्ने पनि जानकारी दिएका छन्।
‘कोरोनाबाट संक्रमित हुनु भएका डा गोविन्द केसीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। उहाँको उपचारको सम्पूर्ण खर्च सरकारले ब्योहोर्ने समेत जानकारी गराउँदछु,’उनले भनेका छन्।
कोरोनाबाट संक्रमित हुनु भएका डा गोविन्द केसीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।
— K P Sharma Oli (@kpsharmaoli) November 14, 2020
उहाँको उपचारको सम्पूर्ण खर्च सरकारले ब्योहोर्ने समेत जानकारी गराउँदछु ।










