सुर्खेतमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु
वीरेन्द्रनगर, कात्तिक २९ : सुर्खेतमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। कोरोना संक्रमणबाट वीरेन्द्रनगर नगरपालिका–८ का ६० वर्षीय पुरुषको शनिबार बिहान प्रदेश...
वीरेन्द्रनगर, कात्तिक २९ : सुर्खेतमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।
कोरोना संक्रमणबाट वीरेन्द्रनगर नगरपालिका–८ का ६० वर्षीय पुरुषको शनिबार बिहान प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो।
ती पुरुषलाई कात्तिक २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो। संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका उनलाई सास फेर्न गाह्रो भएपछि गत कात्तिक २४ गते अस्पताल भर्ना गरिएको थियो।
प्रकाशित मिति: १७:२९ बजे, शनिबार, कात्तिक २९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










