प्रजातन्त्र सेनानी सापकोटाको १०७ वर्षमा निधन
काठमाडौं, कात्तिक २९ : प्रजातन्त्र सेनानी तथा वरिष्ठ समाजसेवी भूमिश्वर सापकोटाको निधन भएको छ।ढकालको १०७ वर्षको उमेरमा नवलपरासी गैँडाकोटस्थित आफ्नै निवासमा निधनको हो।...
काठमाडौं, कात्तिक २९ : प्रजातन्त्र सेनानी तथा वरिष्ठ समाजसेवी भूमिश्वर सापकोटाको निधन भएको छ।
ढकालको १०७ वर्षको उमेरमा नवलपरासी गैँडाकोटस्थित आफ्नै निवासमा निधनको हो। ढकालको बिहान नारायणीमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ। विसं १९७१ माघ १ गते बागलुङमा जन्मिएका सापकोटा नेपाली कांग्रेस सेनानी संघका सदस्य रहेका थिए।
विसं २०१६ को संसदीय निर्वाचनमा बिपी कोइराला बागलुङ जाँदा उनको आग्रहमा पार्टीको निर्वाचन प्रचार अभियानका सदस्य भई काम गरेका सापकोटा त्यसपछि नेपालमा प्रजातन्त्रको पक्षमा निरन्तर लागेका थिए।
विसं २०१७ पुषमा बिपी पक्राउ परेपछि उनको रिहाइको माग गर्दै बागलुङमा प्रदर्शन गरेबापत सापकोटा जेल परे। सापकोटाले बागलुङको दमेक भेगमा शिक्षा, बाटोघाटो निर्माण तथा अन्य विकासका काममा योगदान पुर्याएका छन्। उनले विसं २०१३ मा दमेकस्थित आफ्नै गोठबाट शुरु गर्नुभएको विद्यालय हाल जनप्रिय माध्यमिक विद्यालय अमरापुरीका रुपमा स्थापित छ। उनले सो क्षेत्रमा विभिन्न विद्यालय तथा वेदविद्याश्रमको स्थापना र सहयोग गरेका छन्।
उहाँ विसं २०२९ मा गैँडाकोटमा बसाइ सरेपछि आधुनिक गैँडाकोट निर्माणमा योगदान पुर्याएका थिए। उनकै संयोजकत्व विसं २०३२ मा गैँडाकोटमा सिँचाइ कुलो निर्माण भएपछि तिनताकाको विकट क्षेत्रमा धान खेती सम्भव भएको थियो।
गैँडाकोटमा सुप्रसिद्ध कालिका मन्दिर तथा आश्रम, मौलाकालिका लगायत अन्य मठमन्दिरको स्थापना गरी धार्मिक उन्नयनका साथै विविध सामाजिक क्षेत्रमा उनले योगदान पुर्याएका थिए। बिपीको सहयात्रीको रुपमा चिनिनुहुने सापकोटा धार्मिक, आध्यात्मिक र न्यायको पक्षमा वकालत गर्ने निर्भिक व्यक्तित्व थिए।
पञ्चायतको समयमा कांग्रेस पार्टीका कार्यक्रम गरेको, बिपीलाई गैँडाकोट घरमा आतिथ्यता गराएको तथा विसं २०३६ मा विद्यार्थी आन्दोलनमा सहयोग गरेको आरोपमा उनलाई तत्कालिन प्रशासनले पटक पटक दुःख दिएको थियो। उनी विसं २०४२ को सत्याग्रह, २०४६ र २०६२-२०६३ को जनआन्दोलनमा सक्रिय भई प्रजातन्त्रको स्थापनाका लागि लडेका थिए।
उनका छोरा तिलकप्रसाद सापकोटा नेपाली काँग्रेसका नेता तथा नवलपरासीका महासमिति सदस्य थिए। तिलकसहित उनका दुई छोरा र एक छोरी छन्। रासस










