एकैदिन अहिलेसम्मकै धेरै ६ लाख २८ हजारमा कोरोना संक्रमण
काठमाडौं, कात्तिक २९ : पछिल्लो २४ घण्टामा विश्वमा ६ लाख २८ हजार १३६ जनामा कोरोना संक्रमण भएको छ ।विश्व स्वाथ्य संगठनको तथ्यांक अनुसार यो...
काठमाडौं, कात्तिक २९ : पछिल्लो २४ घण्टामा विश्वमा ६ लाख २८ हजार १३६ जनामा कोरोना संक्रमण भएको छ ।
विश्व स्वाथ्य संगठनको तथ्यांक अनुसार यो अहिलेसम्मकै धेरै हो । यसअघि अघिल्लो २४ घण्टामा ५ लाख ७९ हजार २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यसैबीच, हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ५ करोड २४ लाख ८७ हजार ४७६ जनालाई कोरोना संक्रमण भइसकेको छ । पछिल्लो २४ घण्टामा ९ हजार ६२३ कोरोना संक्रमितको मृत्यु भएको छ ।
कोरोनाका कारण हालसम्म विश्वमा १३ लाख ९ हजार वढीको मृत्यु भइसकेको छ ।
प्रकाशित मिति: १४:१५ बजे, शनिबार, कात्तिक २९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












