Kathmandu Press

भारतमा कोरोनाबाट १ लाख २९ हजार बढीको मृत्यु

काठमाडौँ, कात्तिक २९ : भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख २९ हजार नाघेको छ ।पछिल्लो २४ घण्टामा थप ५३९ जनाको...
भारतमा कोरोनाबाट १ लाख २९ हजार बढीको मृत्यु

काठमाडौँ, कात्तिक २९ : भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख २९ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ५३९ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख २९ हजार २२५ पुगेको हो । पछिल्ला केही सातायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ४५ हजारभन्दा बढी संक्रमित भएका छन् ।

थप ४५ हजार ३४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८७ लाख ७३ हजार २४३ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ८१ लाख ६१ हजार ४६७ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति: १३:४६ बजे, शनिबार, कात्तिक २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्