Kathmandu Press

मैत्रीपूर्ण खेलमा बंगलादेशसँग हार्‍यो नेपाल

काठमाडौं, कात्तिक २८ :  मैत्रीपूर्ण खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ। शुक्रबार ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा भएको मैत्रीपूर्ण खेलमा नेपाल घरेलु टोली बंगलादेशसँग २–०...
मैत्रीपूर्ण खेलमा बंगलादेशसँग हार्‍यो नेपाल

काठमाडौं, कात्तिक २८ :  मैत्रीपूर्ण खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ। 

शुक्रबार ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा भएको मैत्रीपूर्ण खेलमा नेपाल घरेलु टोली बंगलादेशसँग २–० गोल अन्तरले पराजित भएको हो।  

खेलको पहिलो हाफको १० औँ मिनेटमा मोहमद नवीदले गोल गर्दै बंगलादेशलाई सुरुवाती अग्रता दिलाएका थिए। 

पहिलो हाफमा एक सून्यको अग्रता लिएको घरेलु टोली बंगलादेशले दोस्रो हाफमा थप एक गोल गर्न सफल भयो। खेलको ८० औं मिनेटमा महबुर रहमानले  गोल गरेपछि बंगलादेश नेपालमाथि २–० को जित निकाल्न सफल भयो।

ब‌गलादेशविरूद्धको खेलमा नेपालका विकास खवास, एरिक विष्ट र दर्शन गुरुङले राष्ट्रिय टिममा डेब्यू गरेका थिए।  नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल मंसिर २ गते हुनेछ।
 

प्रकाशित मिति: ०१:०८ बजे, शनिबार, कात्तिक २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्