Kathmandu Press

४० मिनेटमै सकियो नेकपा सचिवालय बैठक, अर्को बैठक मंसिर ३ गते बस्ने

काठमाडौं, कात्तिक २८ :  सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको बैठक सकिएको छ।  शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठक...
४० मिनेटमै सकियो नेकपा सचिवालय बैठक, अर्को बैठक मंसिर ३ गते बस्ने
नेकपाको सचिवालय बैठकमा सहभागी नेताहरू। फाइल तस्वीर।

काठमाडौं, कात्तिक २८ :  सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको बैठक ४० मिनेट बसेर स्थगित भएको छ।

शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठक मंसिर ३ गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको प्रवक्ता नारायाणकाजी श्रेष्ठले जानकारी दिए। 

यस्तै, प्रवक्ता श्रेष्ठका अनुसार सचिवालय बैठक माग गर्दै कात्तिक २२ मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका पाँच जना नेताले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएको पत्र र त्यसको जवाफमा प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डलाई दिएको पत्र अध्ययनका लागि सचिवालयका सदस्यलाई वितरण गरिएको छ।

बैठकमा पार्टीभित्र उत्पन्न संकट र विवाद समाधानको विषय मूख्यरुपमा उठाइएको र अर्को बैठकमा यही विषयमा गम्भीर छलफल हुने बताए। बैठकमा कर्णाली प्रदेशमा उत्पन्न विवाद, पर्सामा पार्टी कार्यकर्ताको हत्या प्रकरण र विवाद लगायतका विषयमा पनि शुक्रबारको बैठकमा सामान्य कुराकानी भएको उनले बताए। 

प्रकाशित मिति: २२:५७ बजे, शुक्रबार, कात्तिक २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्